site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निगमको वार्षिक आम्दानी २२ अर्ब २४ करोड

काठमाडौं । नेपाल वायुसेवा निगमको वार्षिक आम्दानी २२ अर्ब बढी पुगेको छ ।

२०७९/०८० मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको निगमले जनाएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका  कारण उडान कम हुँदा आव २०७७/०७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार आम्दानी गरेको थियो ।

कोरोना महामारी सकिएसँगै पर्यटक आगमनमा आम्दानी सुधार भएको हो । आव २०७८/०७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार आम्दानी गरेको निमगले जनाएको छ ।

निगमसँग अन्तर्राष्ट्रियतर्फ चार वटा र आन्तरिकतर्फ दुई वटा जहाज छन् । 
 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्