site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तोकिएका जिल्ला अधिवेशनहरू स्थगित गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेको छ । 

मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भएको बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । बैठक अझै जारी रहेको र पुस ७ गते पुनः बस्ने पार्टीका सचिव जीवनराम श्रेष्ठले बताए । 

उनले कतिपय जिल्लाहरूले अधिवेशन गर्ने तयारी गरिरहेको र कतिले अधिवेशन तोकिसकेको अवस्था रहेको भन्दै महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेको बताए । अब माघ १४ र १५ गते बस्ने  केन्द्रीय परिषद्को बैठकपछि मात्रै मिति तोक्ने बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्