site stats
बाह्रखरी :: Baahrakhari
देश
भोजपुर र खोटाङमा बालिका बलात्कार आरोपमा दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भोजपुर र खोटाङमा बालिका बलात्कार आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

भोजपुरबाट पक्राउ पर्नेमा षडानन्द नगरपालिका–१३, मुखिया टोलका ३१ वर्षीय सागर श्रेष्ठ छन् । सोमबार (हिजो) दिउँसो उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

१५ वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । गएको मंसिर २८ गते साँझ उनले ती बालिकाको बलात्कार गरेको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो ।

खोटाङबाट पक्राउ पर्नेमा ऐँसेलुखर्क गाउँपालिका–१ का २७ वर्षीय भक्तबहादुर सुनुवार छन् । सोमबार बिहान उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

१६ वर्षीया नाबालिगको बलात्कार गरेको उनीमाथि आरोप छ । गएको मंसिर २७ गते उनले ती नाबालिगको बलात्कार गरेको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो ।

दुवै घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्