site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंको तापक्रम यो वर्ष अहिलेसम्मकै कम
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्ष अहिलेसम्मकै कम मापन गरिएको छ । मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बाह्रखरीलाई जानकारी दिए ।

यो वर्ष यसअघि गएको मंसिर २७ गते बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको थियो । हिजो (सोमबार) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस थियो ।

तापक्रम घटे पनि आज पानी पर्ने सम्भावना नरहेको मौसमविद् अर्यालले बताए ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।

आज जुम्लाको न्यूनतम तापक्रम माइनस ६.७, डडेलधुराको २.८, दिपायलको ३.२, ओखलढुंगाको ४.३ डिग्री सेल्सियस मापन गरिएको छ । यस दिन सार्वजनिक गरिएको १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम हो ।

adfdg-1702957287.jpg

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्