site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशको सुनुवाइ सकियो, निर्णय बुधबार
प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेल ।

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ । गएको मंसिर ५ गते न्याय परिषद्ले उनीहरूलाई सर्वोच्चमा नियुक्तिको सिफारिस गरेको थियो ।

मंसिर २९ देखि संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ थालेको थियो । सो समितिबाट नाम अनुमोदन भएमा उनीहरू नियुक्तिका निम्ति योग्य हुनेछन् ।

संसदीय सुनुवाइ सकिएका प्रस्तावित ६ न्यायाधीशमा सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमान छन् ।

प्रस्तावित न्यायाधीशका विषयमा निर्णय गर्न संसदीय समितिको बैठक आउँदो बुधबार (पुस ४ गते)का निम्ति डाकिएको छ । समितिबाट नाम अनुमोदन भएमा राष्ट्रपतिबाट नियुक्त गर्ने व्यवस्था छ ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्