site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको सचिवालय बैठक आजदेखि, यस्ता छन् एजेन्डा 
फाइल तस्बिर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आजबाट सुरु हुने भएको छ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको हो । 

बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बताइएको छ । 

सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने प्रचार विभागले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०६:२५
प्रतिक्रिया दिनुहोस्