site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उमेदवार सिफारिस गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिसभा निर्वाचनका लागि उमेदवार सिफारिस गर्न निर्देशन दिएको छ ।  

शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले सातै प्रदेश कार्यसमितिलाई राष्ट्रिसभा सदस्यका लागि उमेदवार सिफारिस गरेर पठाउन निर्देशन दिने निर्णय गरेको हो । 

Argakhachi Cement Island Ad

बैठकले एक हप्ताभित्र नाम सिफारिस गर्न निर्देशन दिइएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 

आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । १९ पदमा हुने निर्वाचनमा कांग्रेसले गठबन्धनमा १० सिट दाबी गरेको छ ।

बैठकले गठबन्धनमा कुरा गरेर सिट बाँडफाँट टुंग्याउन सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्