site stats
बाह्रखरी :: Baahrakhari
देश
पनौतीको चौकोट जंगलमा फेला पर्‍यो मानव कंकाल
प्रतीकात्मक तस्बिर

काठमाडौं । काभ्रेपलान्चोकको एक जंगलमा मानव कंकाल फेला परेको छ । पनौतीको चौकोट जंगलमा मानव अस्थिपञ्जर फेला परेको हो । 

स्थानीयले घाँस दाउरा काट्न जाने क्रममा पुरुषको जस्तो देखिने मानव अस्थिपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए । घडी र मोबाइल पनि सँगै रहेको प्रहरीले जानकारी दिएको छ । 

अस्थिपञ्जर पनौति ६ बस्ने ५२ वर्षका रामसरण हुमागाईंको रहेको बताइएको छ । उनी ६ महिनादेखि हराएका प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  ०८:५०
प्रतिक्रिया दिनुहोस्