site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लुम्बिनी विकास बैंकले गर्‍यो लाभांश घोषणा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकबाट हालको चुक्ता पुँजीको चार प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आउँदो वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी तीन अर्ब ३८ करोड २८ लाख २१ हजार रुपैयाँ छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १०:३२
प्रतिक्रिया दिनुहोस्