site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बुद्धको १७औँ एटीआरको व्यावसायिक उडान सुरु 

काठमाडौं । बुद्ध एयरको १७औँ एटीआर विमानको व्यावसायिक उडान थालिएको छ । बुद्धले गएको अक्टोबर २७ मा नयाँ एटीआर विमान भित्र्याएको थियो ।

काठमाडौं–तुम्लिङटार रुटमा आइतबार उक्त विमानको पहिलो व्यावसायिक उडान गरिएको बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले जानकारी दिए । सो उडानमा ५९ यात्री सवार थिए ।

विमान भित्र्याइएको करिब डेढ महिनापछि रङरोगन र आवश्यक सबै प्रक्रिया पूरा गरेर व्यावसायिक उडान सुरु गरिएको कर्णले बताए ।

बुद्ध एयरले हाल १४ वटा एटीआर–७२ र तीन एटीआर–४२–३२० विमानमार्फत उडान भर्दै आएको छ ।

बुद्ध एयरले आन्तरिकतर्फ दैनिक १५० भन्दा बढी उडान गरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वनारसमा उडान भरिरहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्