site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रुसी सेनामा रहेका नेपाली फर्काउन सरकारसँग रास्वपाको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुसी सेनामा भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाएर उनीहरूलाई नेपाल फर्काउन सरकारसँग माग गरेको छ । 

रास्वपाले बन्धक बनाइएका नेपालीको सकुशल रिहा तथा प्यालेस्टाइनी विद्रोही समूह (हमास)को नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीको तत्काल मुक्तिका लागि कुटनीतिक पहल गर्न परराष्ट्रमन्त्री एनपी साउदको ध्यानाकर्षण गराएको छ ।

मन्त्री साउदलाई पार्टीको ध्यानाकर्षण पत्र बुझाउन अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख तथा सांसद शिशिर खनाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र सांसद अशोककुमार चौधरी पुगेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्