site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एनसेलको स्वामित्व खरिद–बिक्री प्रक्रियामा अर्बौं घोटाला भएको अनुमान गर्न सकिन्छ : महामन्त्री थापा
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एनसेलको स्वामित्व खरिद–बिक्री प्रक्रियामा अर्बौ रूपैयाँ घोटाला भएको अनुमान लगाउन सकिने बताएका छन् । 

मंगलबार ओखलढुंगामा भएको पार्टीको कार्यक्रममा बोल्दै उनले कांग्रेस समेत सहभागी सरकारले यो प्रकरणमा जतिसुकै ठूलो मानिस संलग्न भएपनि कारबाहीको दायरमा ल्याउनुपर्ने बताए । 

Argakhachi Cement Island Ad

“हिजोआज कुनै पत्रपत्रिका हेर्नुभयो भने एनसेलको अर्बौं रुपैयाँ घोटालाको काण्ड सुन्नुहुन्छ । प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौं रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिन्छ,” उनले भने, “कांग्रेस संलग्न भएको सरकारले जतिसुकै ठूलो मानिस यसमा संलग्न भएको होस्, यदि कुनै ठूलै नेताको सम्पत्ति कहीँकतै चोर बाटोबाट लगेर त्यो कालो धन नेपालमा फेरि लगानीको नाममा भित्राउने प्रयास भएको छ भने पनि जो सुकै होस्, त्यसले दण्ड पाउँछ भन्ने विश्वास कांग्रेसले दिलाउन सक्नुपर्छ ।” 

अब अर्थ मन्त्रालयको खाता पल्टाएर मात्र बस्ने अवस्था नभएको बताए । महामन्त्री थापाले साना किसानहरू बैंक सहकारी लगायतबाट डुबेर रूवाबासी रहेको धारणा राखे ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्