site stats
बाह्रखरी :: Baahrakhari
विदेश
उत्तरी पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार सशस्त्र आक्रमणकारीहरूले आक्रमण गर्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् ।

सशस्त्र अपराधीहरूको समूहले खानीका सुरक्षा गार्डहरूमाथि आक्रमण गरी चारजनालाई बन्धक बनाएको पनि गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

स्थानीय समयअनुसार बिहान १ बजे सो आक्रमण भएको हो । घटनाको अनुसन्धान जारी छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्