site stats
बाह्रखरी :: Baahrakhari
देश
बैतडीमा किशोरीको बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बैतडीमा १७ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीकै पाटन नगरपालिका–३, गुजौडका २१ वर्षीय राजेश लुहार छन् ।

लुहारलाई शुक्रबार (हिजो) दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । यही मंसिर १० गते राति लुहारले ती किशोरीको बलात्कार गरेको आरोप छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्