site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाद्वारा तराई–थरुहट राष्ट्रिय समितिमा सदस्यहरू मनोनयन
Argakhachi Cement Island Ad

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले तराई–थरुहट राष्ट्रिय समिति (लुम्बिनी प्रदेश)मा सदस्यहरू मनोनयन गरेको छ । बुधबार दाङमा बसेको बैठकले समितिको उपाध्यक्षमा गुलाम हुसेन हलवाईलाई मनोनय गरेको छ । 

बैठकले सदस्यहरूमा लालिमा मल्ल, नोयेन्द्र धिताल, मञ्जु रिजाल, विवेक मिश्र, प्रज्वल चौधरी, सफिक अहमद सिद्धिकी गुड्डु, तरुन्नुम बानो, भरतलाल चौधरी र ओम भगत चौधरीलाई मनोनयन गरेको छ ।

लुम्बिनी प्रदेश समितिको आयोजनामा मंसिर १९ देखि सुरु हुने प्रशिक्षणमा समितिको तर्फबाट सहभागी हुने प्रतिनिधिको नाम छनोट, सदस्यहरूको मासिक लेबी, मातहतका जिल्लाको तत्काल भेला गर्ने निर्णय गरेको बताइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्