site stats
बाह्रखरी :: Baahrakhari
देश
ज्ञानेन्द्र शाह झापामा, पृथ्वीनारायण शाहको सालिक अनावरण गर्दै 

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला झापामा छन् । शुक्रबार झापा पुगेका उनी होटेल मेचीक्राउनमा बसे ।  

झापामा पूर्वराजा ज्ञानेन्द्रले आज विर्तामोडस्थित एक कलेजको उद्घाटन गर्नेछन् । उनले आज दिउँसो  विर्तामोडको रामचोकमा रहेको इकम कलेज र कलेजमा  निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रम छ ।

उनी झापामा रहेका बेला राजावादीले शक्ति प्रदर्शन गर्ने बताइएको छ । पूर्वराजा ज्ञानेन्द्र भोलि (आइतबार) काठमाडौँ फर्कने कार्यक्रम छ ।  
 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्