site stats
बाह्रखरी :: Baahrakhari
देश
तिलौराकोट दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृतको अन्तिम तयारीमा

तिलौराकोट । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृतको अन्तिम तयारी भइरहेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्राचीन शाक्यहरूको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा जतिसक्दो छिटो सूचीकृत गर्न नेपाल सरकारले सहयोग गर्ने बताए ।  

Argakhachi Cement Island Ad

तिलौराकोटमा गरिएका अध्ययन तथा अनुसन्धानबाट बुद्धको पुरातात्त्विक प्रमाण, बुद्ध ग्रन्थ, चिनियाँ यात्रीको यात्रा वृत्तान्त र उत्खननबाट प्राप्त सामग्रीले सुरक्षित स्थल रहेको प्रमाणित भएअनुसार संरक्षित क्षेत्रका रूपमा सूचीकृत गर्ने अन्तिम चरणमा रहेको छ।

विश्व सम्पदा सूचीमा सूचीकृत हुन आवश्यक संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकतानुसार नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले संयुक्तरूपमा स्थानीयस्तरको छलफल गरेसँगै उक्त कामको थालनी भएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्