site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चार महिनामा पौने आठ लाख स्मार्टफोन नेपाल भित्रँदा साढे ११ अर्ब बाहिरियो 

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो चार महिनामा नेपालले ११ अर्ब ५३ करोड ९ लाख पाँच हजार रुपैयाँको स्मार्टफोन आयात गरेको छ । 

भन्सार विभागका अनुसार २०८० साउन, भदौ, असोज र कात्तिक महिनामा नेपालले उक्त रकम बराबरको स्मार्टफोन आयात गरेको हो ।

पछिल्लो चार महिनामा नेपालले उक्त रकममा सात लाख ७१ हजार ३२६ थान स्मार्टफोन आयात गरेको छ । 

यस्तै, सोही अवधिमा नेपालले ३८ करोड ७४ लाख ९३ हजार रुपैयाँको अन्य मोबाइल फोन आयात गरेको भन्सार विभागले बिहीबार सार्वजनिक गरेको पछिल्लो चार महिनाको आयात/निर्यात विवरणमा उल्लेख छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्