site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बल्खुमा प्रदर्शनकारीको नारा– गणतन्त्र मुर्दावाद, भ्रष्ट नेता चाहिँदैन (भिडियो)

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिहीबार काठमाडौंको बल्खुमा आयोजना गरेको सभाका निम्ति प्रदर्शनकारी भेला भइरहेका छन् । प्रदर्शनकारी र्‍यालीसहित विभिन्न स्थानबाट बल्खुमा पुगेका हुन् ।

ewfg-1700725497.jpg

प्रदर्शनकारीले ‘गणतन्त्र मुर्दावाद’, ‘भ्रष्ट नेता चाहिँदैन’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘देश बेच्न पाइँदैन’ लगायत नारा लगाएका छन् ।

केही प्रदर्शनकारीले राष्ट्रिय झन्डा बोकेका छन् । शंख पनि बजाइएको छ ।

भिडियो हेर्नोस्–

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्