site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नबिल बैंकले ११ प्रतिशत लाभांश दिने

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

बैंकको आज बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित हालको चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्