अर्थ व्यवसाय

काठमाडौं । रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । विशेष अदालतका अनुसार न्यौपानेविरुद्ध गत कात्तिक २३ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दादायर गरेको हो ।
सेयरको भित्री कारोबार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विभागले मुद्दा दायर गरेको हो । विभागले उनीमाथि एक करोड ९९ लाख रुपैयाँको स्रोत नखुलेको भन्दै मुद्दादायर गरेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८० १६:२०
प्रतिक्रिया दिनुहोस्