site stats
बाह्रखरी :: Baahrakhari
देश
वाग्मतीसहित तीनवटा प्रदेशमा हिमपातको सम्भावना
फाइल तस्बिर

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । 

विभागले कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।
  
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ०५:५०
प्रतिक्रिया दिनुहोस्