site stats
बाह्रखरी :: Baahrakhari
खेल
पहिलो हाफमा नेपाल र यमन गोलरहित बराबर

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल र यमनबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर सृजना गरे पनि सदुपयोग गर्न नसक्दा अग्रता बनाउन सकेनन् ।

Argakhachi Cement Island Ad

छनोटको दोस्रो चरणमा नेपालको यो दोस्रो खेल हो । यसअघि नेपाल पहिलो खेलमा युनाइटेड अरब इमिरेट् (यूएई) विरुद्ध ४–० ले पराजित भएको थियो ।

छनोटमा नेपाल समूह ‘एच’ मा छ । यो समूहमा नेपालसँगै यूएई, यमन र बहराइन छन् ।

त्यसअघि छनोटको पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा २–१ ले पराजित गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्