site stats
बाह्रखरी :: Baahrakhari
देश
रुकुममा गयो भूकम्प

काठमाडौं । रुकुममा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ ।

दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो नयाँ भूकम्प नभएर परकम्प भएको केन्द्रले जानकारी गराएको छ । गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ । आजको धक्का त्यसकै परकम्प भएको केन्द्रले जनाएको छ ।

जाजरकोट भूकम्पका ४६५ भन्दा धेरै परकम्प मापन गरिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्