site stats
बाह्रखरी :: Baahrakhari
देश
बालगृहमा सामूहिक भाइटीका

म्याग्दी । यमपञ्चकको पाँचौ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा रहेका  बालबालिकाहरूले सामूहिक भाइटीका लगाएर मनाएका छन् । 

नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाहरूले एक आपसमा टीका र माला लगाएर तिहार मनाएका हुन् । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा जन्मिएर हाल हङकङमा बसोबास गर्ने कर्ण पुनको सहयोगमा बालगृहमा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको हो । 

बालबालिकाहरूलाई तिहार निरश नबनोस् भनेर सामूहिक भाइटीका कार्यक्रमका लागि सहयोग गरिएको पुनले बताए । म्याग्दी बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन् । 

अभिभावकबिहिन बालबालिकालाई बालगृहलाई आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको ब्यवस्था मिलाएको छ । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्