site stats
बाह्रखरी :: Baahrakhari
देश
भरूवा बन्दुकसहित एकजना पक्राउ
सांकेतिक तस्बिर ।

काठमाडौं । सिन्धुपाल्चोकमा भरूवा बन्दुकसहित एकजना पक्राउ परेका छन् ।

बाह्रबिसे नगरपालिका–३, धार्पा बस्ने २८ वर्षीय भक्तबहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आज बिहान पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरिएको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्