site stats
बाह्रखरी :: Baahrakhari
देश
उर्लाबारी आगलागीका १४ जना घाइतेलाई काठमाडौं पठाइयो (सूचीसहित)

विराटनगर । मोरङको उर्लाबारी  आगलागीका १४ जना घाइतेलाई थप उपचार गर्न काठमाडौं पठाइएको छ । उर्लाबारी–७ स्थित दिपक कार्कीको घरमा रहेको सुन पसलमा गए राति भएको आगलागीमा प्रहरीसहित २८जना घाइते भएका थिए ।

उनीहरूमध्ये शरीर जलेर गम्भीर घाइते भएका १४ जनालाई नेपाली सेनाको स्काई ट्रकबाट थप उपचारका लागि काठमाडौं पठाइएको हो । उनीहरूलाई बर्न अस्पतालमा भर्ना गरिने कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । 

Argakhachi Cement Island Ad

घाइतेहरूको  न्युरो आर्या विराटनगर,  विराट नर्सिङ होम विराटनगर र रेडप्लस अस्पताल विराटनगरमा उपचार भइरहेको थियो । बाँकीको झापाको  लाइफलाइन अस्पताल दमक, बिर्तामोको बी एन्ड सी अस्पताल र  गोदावरी अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ ।‌

यसैबीच मुख्यमन्त्री कार्कीले घाइतेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

काठमाडौं पठाइएका घाइतेहरू 

१) रिद्दीकिरण राई
२) कुमार तामाङ 
३) सलिम मन्सुरी
४) दिलकुमार आचार्य 
५) चुणामणि प्रधान
६) दिनेश शर्मा
७) शिवकुमार विक
८) दिपेन्द्र कार्की
९) रामेश्वर मरिचको
१०) विशाल बस्नेत
११) कौशल गुरुङ
१२) नेत्र भण्डारी
१३) तारामणि लिम्बू 
१४) राजन लिम्बू

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्