site stats
बाह्रखरी :: Baahrakhari
देश
जाजरकोटको रिम्नामा एनआरएनएको स्वास्थ्य शिविर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्प प्रभावित जाजरकोटको रिम्नामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

एनआरएनएअन्तर्गतको विश्व स्वास्थ्य समितिद्वारा शनिबार सञ्चालित स्वास्थ्य शिविरमा २०० जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गराएको समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले जानकारी दिए ।

शिविरमा आएका भूकम्पपीडितमा विशेष गरी श्वासप्रश्वास, चोटपटक र मानसिक रोगलगायत समस्या देखिएको थियो ।

चिसो बढ्दै गएकाले भूकम्पपीडितमा निमोनिया, रुघाखोकीको थप जोखिम रहेको स्वास्थ्य समितिले जनाएको छ । गर्भवती र सुत्केरी महिला बढी जोखिममा रहेका पनि जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्