site stats
बाह्रखरी :: Baahrakhari
देश
ट्रकको ठक्करबाट युवकको मृत्यु
Argakhachi Cement Island Ad

बाँके । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट  एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार सुदूरपश्चिमबाट काठमाडौँ जाँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले कोहलपुर–२ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको हो । 

उनको घट्नास्थलमै ज्यान गएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्