site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भूकम्पपीडितलाई कोसीका दलहरूको सहयोग
फाइल तस्बिर।

विराटनगर । कोसी प्रदेशसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलले जाजरकोटका भूकम्पपीडितका निम्ति आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेसका ३९ जना सदस्यले १५ दिनको पारिश्रमिक, नेकपा (एमाले)का प्रदेशसभा सदस्यका तर्फबाट रु पाँच लाख र राप्रपाका ६ जनाले एक महिनाको पारिश्रमिक दिने निर्णय गरेका छन् ।

यसअघि, कोसी प्रदेश सरकारले तत्काल राहत स्वरुप रु एक करोडका त्रिपाल, कम्बललगायत सामग्री प्रदान गरिसकेको छ । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्