site stats
बाह्रखरी :: Baahrakhari
देश
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा ८५९ प्रहरी परिचालन 

काठमाडौं । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा खोज, उद्धार र राहत वितरणका निम्ति हाल ८५९ प्रहरी परिचालन गरिएको छ । आवश्यकताअनुसार थप प्रहरी परिचालन गर्ने गरी ‘स्ट्यान्डबाई’ रहेको नेपाल प्रहरीले जनाएको छ ।

शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको छ । प्रहरीका अनुसार जाजरकोटमा भूकम्पमा परी १०० जनाको मृत्यु भएको छ । ८१ जना घाइते भएका छन् ।

यस्तै, रुकुम पश्चिममा भूकम्पमा परी ३८ जनाको मृत्यु भएको छ । ८५ जना घाइते भएका छन् । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्