site stats
बाह्रखरी :: Baahrakhari
देश
खोज, उद्धार एवं राहतमा सक्रियतापूर्वक सहयोग गर्न माओवादीको अपिल

काठमाडौं । सत्तारुढ नेकपा (माओेवादी केन्द्र)ले जाजरकोटका भूकम्पपीडितको खोज, उद्धार एवं राहतमा सक्रियतापूर्वक सहयोग गर्न अपिल गरेको छ । पार्टी प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गर्दै पार्टी रुपान्तरण अभियान अन्तर्गतका शुभकामना आदानप्रदान एवं अन्य उत्सवका कार्यक्रम स्थगित गरी उद्धारमा सक्रिय हुन आह्वान गरेका हुन् । 

“संकट र दुःखको यस घडीमा म हाम्रो पार्टी कर्णाली प्रदेश कमिटी, प्रभावित जिल्लाका समन्वय समितिहरु र अन्य सम्बन्धित क्षेत्रका नेता एवं कार्यकर्ताहरुलाई खोज, उद्धार एवं राहतमा सक्रियतापूर्वक सहयोग गर्न अपिल गर्न चाहन्छु,” विज्ञप्तिमा भनिएको छ, “अभियान अन्तर्गतका शुभकामना आदानप्रदान एवं अन्य उत्सवका कार्यक्रम स्थगित गरी खोज उद्धार एवं राहतमा क्रियाशील हुन आह्वान पनि गर्दछु ।”

प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्