site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन 

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रामेछाप विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन गरेको छ । 

पाइलटद्वय सन्जीव श्रेष्ठ र सन्तोष शाहको लाइसेन्स निलम्बन गरेको जनाएको छ । 

Argakhachi Cement Island Ad

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार उडान सुरक्षा मापदण्ड उल्लंघन गरेपछि श्रेष्ठ र शाहको लाइसेन्स निलम्बन गरिएको हो । 

थप अनुसन्धानपछि लाइसेन्स खारेज गर्ने अथवा अन्य कारबाही गर्ने भन्ने विषयमा निर्णय गरिने भुलले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्