site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसारभर सदनलाई पाँचौँ जिम्मेवारी थपिएको छ : रमेश लेखक

काठमाडौ । सत्तारूढ दल नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सदनको चारवटा काम भए पनि अहिले संसारभर पाँचौँ जिम्मेवारी सदनलाई थपिएको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले सरकार बनाउने, बजेट बनाउने, सकारको मूल्यांकन गर्ने र कानुन बनाउनेमा मात्र संसद्को काम सीमित नभएको बताए । लेखकले पाँचौँ कामको रुपमा सदनले बनाएको कानुन कति प्रभवकारी भयो भनेर मूल्यांकन गर्नु रहेको धारणा राखे ।

“अहिले सदनको पाँचौँ काम नयाँ ढंगले आएको छ । बनाएको कानुनको अनुमगम तथा मूल्यांकन र प्रभावकारी भयो भनेर कानुनहरुको कार्यान्वयन कस्तो छ भनेर मूल्यांकन गर्ने प्रचलन अघि बढेको छ,” उनले भने ।

मुख्य सचेतक लेखकले अहिलेको प्रणालीको केन्द्र भनेको संसद् भएको भन्दै उनले यो प्रणाली दीर्घजीवी बनाउन संसद् प्रभावकारी हुनुपर्ने बताए । सदनको प्रभावकारिता सरकारसँग पनि जोडिने उनले बैठकमा धारणा राखे ।

“संसद् कमजोर र निस्तेज भयो, जनताको विचार सदनले ठिक ढंगले प्रस्फुटित गर्न सकेन भने यो व्यवस्थाको प्रभावकारिता कमजोर हुन्छ,” उनले भने ।

कांग्रेस प्रभावकारी सदनको पक्षमा उभिएको पनि धारणा राखे । उनले लोकतन्त्रमा संवाद सहकार्य र एकताका साथ अघि बढ्नुपर्ने धारणा राखे । यो सदनलाई प्रभवकारी बनाउन र भएका समस्या समाधान गर्नका लागि सबै दलहरु संवाद, सहमति र सहकार्यको साथ अघि बढ्नुपर्ने आवश्यकता खड्किएको बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्