site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
बिजुली बत्तीमा गुजरातको लखोटा झिल (तस्बिरहरू)

जामनगर  (गुजरात) । भारतको पश्चिम राज्य गुजरात पर्यटन र औधोगिक क्षेत्रका लागि प्रख्यात छ । गुजरातका धेरै स्थानमा हिन्दु धर्मावलम्बीका प्रख्यात तीर्थस्थल छन् । तिनैमध्येको एक जामनगर सहर पनि हो ।

यो सहर हिन्दु सम्प्रदायमा पर्ने प्रणामीहरूको लागि विशेष मानिन्छ । यहाँ प्रणामी सम्प्रदायका प्रवर्तक सदगुरु देवचन्द्र महाराज र प्राणनाथको जन्मस्थल छन् । ज्ञान प्राप्ति र धआमगगमन समेत यहीँ भएका कारण यो ठाउँ विशेष मानिन्छ । नवतनपुरी धाम दर्शन गर्न बर्सेनि हजारौं नेपाली हिन्दु तथा प्रणामीहरू जामनगर पुग्छन् । 

यहाँको धार्मिक तथा लखोटा ताल भारतको गुजरात राज्यको जामनगरको केन्द्रमा छ । यो मानव निर्मित ताल हो । लखोटा ताललाई लखोटा पोखरी वा रणमाल ताल भनेर पनि  चिनिन्छ ।  लखोटा किल्ला तालको सानो टापुमा अवस्थित छ । यो ताल जामनगर रेलवे स्टेशनबाट पाँच किलोमिटरको दूरीमा छ । यो जामनगर सहरको सबैभन्दा ठूलो जलस्रोतहरू मध्ये एक हो । यहाँ भ्रमण गर्ने प्रमुख ठाउँहरूमध्ये एक हो । 

Argakhachi Cement Island Ad

लखोटा किल्ला र लखोटा ताल दुवै राजा जाम रणमलले १८ औं शताब्दीमा बनाएका थिए । यो ताल मनोरञ्जन र पर्यटकीय गन्तव्यको केन्द्र मानिन्छ । यो ताल ७५ प्रकारका चरासहित धेरै दूर्लभ प्रजातिहरूको घर पनि हो । साँझमा बिजुली बत्तीको चमकमा लखोटा घुम्न निकै रमाइलो हुन्छ । यहाँ ऐतिहासिक तस्विर, विभिन्न शताब्दीमा बनाइएका ढुंगाका मूर्ति र जामनगरका राजाहरूको प्रयोग गरेका सामग्री देख्न सकिन्छ । 

1698638583854-1698892963.jpg

 

1698638583860-1698892904.jpg

1698638583837-1698892904.jpg

1698638583848-1698892795.jpg

1698638583842-1698892795.jpg

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्