site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संक्रमणकालीन न्यायका सम्बन्धमा दलहरूबीच समझदारी बनेको छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संक्रमणकालीन न्यायका सम्बन्धमा दलहरूबीच समझदारी बनेको बताएका छन् । 

बुधबार एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।  

उनले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलमा संक्रमणकालीन न्यायका सम्बन्धमा समझदारी बनेको भन्दै शान्ति प्रक्रियाको बाँकी काम छिटै टुंगिने बताए । 

उनले पीडितहरूलाई न्याय, सर्वोच्च अदालतको व्याख्या र अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई आत्मसाथ गर्दै शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउने जिकिर गरे ।

दलहरूलाई सदैव एक ठाँउमा ल्याउन आफुले सदैव पहल गरेको र बुधबार बिहान भएको छलफल सकारात्मक भएको धारणा राखे । 

प्रचण्डले चियापान कार्यक्रमले दलहरूलाई एकठाँउमा उभिन र समझदारी कायम गर्न मद्धत गरेको बताए । 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्