site stats
बाह्रखरी :: Baahrakhari
देश
इलाममा अरिंगालको टोकाइबाट एकजनाको मृत्यु, एक घाइते
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । इलाममा अरिंगालको टोकाइबाट एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

इलाम नगरपालिका–१२, साङरुम्बामा मंगलबार छिमेकीको बारीमा घाँस काटिरहेको अवस्थामा चिलाउनेको रुखमा रहेको अरिंगालले टोकेको थियो ।

Argakhachi Cement Island Ad

मृत्यु हुनेमा स्थानीय ३० वर्षीय सन्तोष लिम्बू रहेका छन् । अरिंगालले टोकेर घाइते भएका उनको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

अरिंगालले टोकेर घाइते भएका ५९ वर्षीय यामबहादुर लिम्बूको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्