site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपालले विश्व शान्तिमा ठूलो योगदान गरेको छ : महासचिव गुटेरेस

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्व शान्तिमा नेपालले ठूलो योगदान गरेको बताएका छन् ।

मंगलबार संसद्को दुवै सदनलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

“यो सानो देशले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छ,” उनले भने ।

विश्वका सबै देशहरूमध्ये नेपाल संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सेना पठाउने दोस्रो ठूलो देश भएको उनले जनाए ।

“नेपाली जनताको समर्पण, साहस र सेवाका लागि म हृदयदेखि कृतज्ञ छु,” उनले भने ।

राष्ट्रसंघको निलो झण्डामुनि सेवा गर्दै आफ्नो जीवन गुमाएकाहरूको स्मरण गर्दै सम्बोधनका क्रममा उनी एकछिन मौन रहेका थिए ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्