site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को खुद मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्