site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रक्षामन्त्री खड्का र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता 
फाइल तस्बिर ।

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता आइतबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको हो ।

नेपालको चारदिने भ्रमणको सिलसिलामा आइतबारै बिहान काठमाडौं आइपुगेका गुटेरेसले भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, राष्ट्रसंघको शान्ति मिसनमा नेपाली सेनाको सहभागितालगायत विषयमा छलफल गरेका थिए ।

खड्कासँग भेट गर्नुअघि उनले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्