site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परराष्ट्रमन्त्री साउद र माल्दिभ्सका विदेश राज्यमन्त्री खलिलबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका माल्दिभ्सका विदेश राज्यमन्त्री अहमद खलिलले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

भेटवार्ता आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको थियो । 

भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

विदेश राज्यमन्त्री खलिलले आइतबार नै परराष्ट्र सचिव भरतराज पौड्यालसँग पनि छुट्टै भेटवार्ता गरेका थिए । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्