site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देउवा र ओलीलाई सामूहिक प्रश्न– मुख्य दलमाथि उठाइएका प्रश्नलाई कसरी जवाफ दिनुहुन्छ ?

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख दलमाथि प्रश्न नउठाइएको जिकिर गरेका छन् । प्रश्न उठाउने प्रयास मात्र गरिएको नेताद्वयको भनाइ छ ।

कोजाग्रत पूर्णिमाका अवसरमा कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन ओली करिब सवा २ बजे सानेपा पुगेका थिए । शुभकामना साटेर ओलीले बिदा लिने क्रममा सोधिएको प्रश्नमा दुवै नेताले प्रमुख दलमाथि प्रश्न उठाइएको नभएर उठाउने प्रयास मात्र गरिएको बताए ।

Argakhachi Cement Island Ad

प्रमुख दलहरूमाथि प्रश्न उठाइँदै छ, तपाईंहरूको सामूहिक जवाफ के हो भन्ने प्रश्नमा देउवाले अहिले जवाफ दिने समय नभएको बताए ।

“अहिले जवाफ दिने समय होइन, हामी उचित समयमा उचित जवाफ दिने नै छौँ,” देउवाले भने, “अहिले प्रश्न उठाउनेहरूलाई उठाउन दिनोस् ।”

ओलीले भने अहिले वादप्रतिवादको समय नभएको भन्दै सबैलाई शुभकामना दिए । उनले आफूहरू माथि प्रश्न उठाइएको नभएर उठाउने प्रयास मात्र गरिएको टिप्पणी गरे ।

“हामीमाथि प्रश्न उठेको होइन, प्रश्न उठाउने प्रयास मात्र भएको छ,” ओलीले भने, “त्यस्तो प्रयासलाई हामी उचित समयमा उचित जवाफ पनि दिनेछौँ ।”

उनले त्यस्ता प्रयासलाई प्रश्नकै रूपमा नलिन पनि सञ्चारकर्मीलाई आग्रह गरे ।

चियापन कार्यक्रममा ओलीसहित एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मालगायत सहभागी भएका थिए ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्