site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाललाई चौथो सफलता, अभिनासले लिए पहिलो विकेट

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपाललाई अभिनास बोहराले चौथो सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १६३ रनको लक्ष्य पछ्याइरहेको यूएईका आलिसान सरिफुलाई अभिनाशले कुशल भुर्तेलबाट क्याच गराए । आलिसानले १३ रन जोडे । त्यसअघि नेपालका गुल्सन झाले दुई र कुशल मल्लले एक विकेट लिएका थिए ।

जारी खेलको १५ ओभर समाप्त हुँदा यूएईले चार विकेट गुमाएर १२२ रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रनको योगफल खडा गरेको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्