site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकामा गोलीबारी, १६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको लेविस्टन सहरमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

प्रहरीले कम्तीमा १६ जनाको ज्यान गएको र बन्दुकधारी फरार रहेको बताएको छ ।

Argakhachi Cement Island Ad

प्रहरीका अनुसार सो घटनामा संलग्न हतियारधारी अझै खुला रूपमा हिँडिरहेका छन् । त्यहाँका बासिन्दाहरूलाई सुरक्षित ठाउँमा आश्रय गर्न भनिएको छ।

ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेनलाई घटनाको बारेमा जानकारी दिइएको छ । सो घटनामा कम्तीमा ५० जना घाइते भएको बताइएको छ । 

प्रहरीले ४० वर्षीय रोबर्ट कार्डलाई चासोको व्यक्तिको रूपमा नामाकरण गर्दै उसलाई 'सशस्त्र र खतरनाक' मान्नुपर्ने बताएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्