site stats
बाह्रखरी :: Baahrakhari
देश
यी हुन् स्तन क्यान्सरका लक्षण, कसरी बच्ने ?
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । स्तनमा भएका कोषहरूको अनियन्त्रित र असामान्य रूपमा वृद्धि हुनुलाई स्तन क्यान्सर भनिन्छ । स्तन क्यान्सर स्तनको कुनै पनि भागमा सुरु हुन सक्छ ।

प्रायः स्तन क्यान्सर दूध उत्पादन हुने ग्रन्थि (लोव्यूल्स) वा (डकट) अथवा दूध वाहन नलीबाट सुरु हुने गर्दछ । रक्त नलीहरू तथा लिम्फ नलीहरू हुँदै शरीरको अन्य भागहरूमा फैलिन सक्दछ ।

स्तन क्यान्सर स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनिहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट हुने संक्रमण हो । यसरी भएको परिवर्तनपछि बन्ने गिर्खा, गाँठागुँठी र घाउको रुप नै स्तन क्यान्सर हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक दिन ६ जना स्तन क्यान्सरका नयाँ बिरामी पत्ता लाग्ने गरेका छन् । त्यस्तै, प्रत्येक दिन तीन महिलाको मृत्यु स्तन क्यान्सरका कारण हुने गरेको तथ्यांक छ ।

स्तन क्यानसरका लक्षणहरू
– स्तन वा काखी मुनि नदुख्ने गिर्खा वा गाँठो देखिनु
– स्तनको छालामा निको नहुने घाउ आउनु
– स्तनको आकारमा परिवर्तन आउनु
– स्तनको छाला सुन्तलाको बोक्रा जस्तो हुनु
– स्तनको मुन्टा भित्र तर्फ जानु
– स्तनको मुन्टाबाट रगत वा पीप बग्नु
– स्तन दुख्नु वा सुन्निनु

यी मध्ये कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीकोमा जाँच र परामर्शको लागि सम्पर्क गर्नुपर्छ ।

स्तन क्यानसरको जोखिमबाट बच्ने उपायहरु
– धुम्रपान तथा मद्यपान नगर्ने
– स्तनको नियमित जाँच वा परीक्षण गर्ने
– स्तनपान गराउने
– नियमित व्यायाम गर्ने
– तौललाई सन्तुलनमा राख्ने
– पोषणयुक्त खानेकुरा खाने

Cancer-1698288672.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्