site stats
बाह्रखरी :: Baahrakhari
देश
भोजपुरमा किशोरीको बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भोजपुरमा बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साल्पासिलिछो गाउँपालिका–६, सालेवाका ५० वर्षीय कमल दर्जी छन् ।

१७ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा मंगलबार (हिजो) बेलुका उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनले ती किशोरीको बलात्कार गरेको उजुरीपछि प्रहरी टोली खटिएको थियो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्