site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
झलनाथ खनाल स्वदेश फिर्ता
फाइल तस्बिर ।

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल स्वदेश फर्किएका छन् ।

चीनले बेइजिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एन्ड रोड फोरम (बीआरएफ) मा सहभागी भएर उनी सोमबार स्वदेश फर्किएका एकीकृत समाजवादीको केन्द्रीय विदेश विभाग सचिव डा. शंकर खतिवडाले जानकारी दिए ।

गएको हप्ता चीन गएका पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा तेस्रो बीआरएफमा सम्बोधन गरेका थिए । चीनमा रहँदा उनले त्यहाँ आएका विभिन्न देशका तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गरेका थिए । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्