site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहर र गाउँलाई दसैँले जोडेको छ : शंकर पोखरेल

देउखुरी (दाङ) । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सहर र गाउँलाई दसैँले जोडेको बताएका छन् । एमाले जिल्ला कमिटी दाङको आयोजनामा दाङको घोराहीमा शनिबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा उनले दसैँले गाउँ र सहर जोडेको बताए ।

पोखरेलले मुलुकको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गरे । उनले अर्थतन्त्र सबल भएमा मात्र देश पनि बलियो हुने बताए ।

दसैँ पारिवारिक मिलन र सद्भाव बढाउने पर्व भएकाले संस्कृति–परम्पराको जगेर्ना गर्नु सबै नेपालीको दायित्व भएको महासचिव पोखरेलले बताए ।

फरक प्रसङ्गमा महासचिव पोखरेलले देशमा धेरै राजनीतिक दल आवश्यक नभएको भन्दै राष्ट्रले आर्थिक उन्नतिको बाटोमा डोर्‍याउने सबल राजनीतिक दल खोजेको बताए । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  २०:२४
प्रतिक्रिया दिनुहोस्