site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनआईसी एसिया लघुवित्तले गर्‍यो लाभांश घोषणा

काठमाडौं । एनआईसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/०८० को खुद मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

लघुवित्तको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले हालको चुक्तापुँजीको १५ प्रतिशत हुन आउने कर प्रयोजनसहित नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

हाल कम्पनीको चुक्तपुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ । कम्पनीले २६ करोड नौ लाख १६ हजार रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्