site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
स्वावलम्बन लघुवित्तले गर्‍यो लाभांश घोषणा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

लघुवित्तको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १२.३५९९ प्रतिशत हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि ०.६५०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्